विद्यार्थीहरुद्वारा गाउँपालिकाको कार्यालय तोडफोड
सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले आज कार्यालय तोडफोड गरेका हुन् ।
नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रधानाध्यापक नयुक्तिको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएको बताइन्छ । सोही क्रममा उनीहरुले ढुंगामुढासँगै आगजनीसमेत गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, कार्यालय सहयोगीमाथि हातपात गरेर कार्यालयभित्र थुनेर ताल्चा लगाएको र अपशब्द प्रयोग गरेको विद्यार्थीहरुमाथि आरोप छ । गाउँपा…