विदेशको आश देखाएर ठगी गर्ने क्रम रोकिएन
वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने नाममा ठगी धन्दा चलाउनेहरु धमाधम प्रहरीको फन्दामा परिरहेका बेला थप तीन जना समातिएका छन् ।
आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठग्ने पुजा श्रेष्ठ, विन्दालाल साह कानु, विकासकुमार घले र संजय लामालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौंको तार्केश्वर नगरपालिका–८ जंरखु बस्ने दोलखाकी ३० वर्षीया पुजाल…