अपराध

अधबैंशे महिला बलात्कृत, ६० वर्षे पुरुष पक्राउ

रोल्पामा ४० वर्षीया महिला बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा सुनछहरी गाउँपालिका–६, गामखोले बस्ने ६१ वर्षीय कविराम पुन मगर पक्राउ परेका हुन् ।  उनले गत शुक्रबार राति ती महिलालाई करणी गरेको प्रहरीको आरोप छ । प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय, सुलिचौरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो कविरामलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

Page 106 of 263