आफ्नै बहिनीमाथि समेत बालकद्वारा करणी
अपहरण तथा शरीर बन्धक अभियोगमा २०७७ असोज १६ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दाको २०७९ पुस ११ गते पेशी तोकिए पनि अझै फैसला हुन सकेको छैन । अदालतको आदेशले दुई बालक २७ महिनादेखि बालसुधार गृहमा छन् ।
बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ४ बाल न्यायसम्बन्धी बुँदा नम्बर ३७ मा मुद्दा किनारा गर्नुपर्ने अवधि उल्लेख छ । उक्त बुँदामा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि बाल अदालतको मुद्दा दायर भएको मितिले सामान्यतया एक सय बीस दिनभित्र कारवाही किनारा निरन्तर …