अनैतिक क्रियाकलापमा संलग्न क्यानेडियन नागरिक पक्राउ
राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप गरेर अरुलाई दुःख दिएका एक जना क्यानेडियन नागरिक पक्राउ परेका छन् । अनैतिक क्रियाकलाप गरेर घरधनी तथा स्थानीय व्यवसायीलाई दुःख दिएका उनलाई पक्राउ गरी अध्यागन विभागमा बुझाइएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा क्यानेडियन टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरेर हिजो अध्यागमन विभागमा बुझाएको जानकारी दिइएको छ ।
परिषदका अध्यक्ष भविश्वर शर्माले पछिल्लो छ महिनादेखि भीसाको म्याद सकिए पनि ब…