खाजाघरमा यौनधन्दा, नाबालिकासहित सात जनाको उद्धार
काठमाडौँको तारकेश्वरस्थित एउटा खाजाघरमा यौनधन्दा चलाउने गरेको पाइएको छ ।
तारकेश्वर नगरपालिका–११, हिलेटोलस्थित पश्चिम युना खाजाघरमा नाबालिका समेतलाई जबर्जस्ती यौनधन्दामा संलग्न गराउने गरेको सार्वजनिक भएको हो । वेश्यावृत्ति गराएको अभियोगमा प्रहरीले खाजा घर सञ्चालक बर्दिया घर भएकी २६ वर्षीया मुनु गुरुङलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मुनुले खाज…