डेढ दशकअघि भ्रष्टाचार, अहिले मुद्दा
बाराको साविक आदर्श गाविस जीतपुरका तत्कालीन सचिव आस महमद अन्सारीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । गाविस सचिव हुँदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरद्ध मुद्दा दर्ता गरेको हो ।
अन्सारीले आर्थिक वर्ष २०६४–६५ मा गाविसको स्वामित्वमा रहेको गुदरी र मिना बजारमा सटरहरु भाडामा लगाउँदा एक सय २१ जना उपभोक्ताबाट लिएको धरौटीबापतको झण्डै साढे ३८ लाख रुपैयाँ दुरुपयोग गरेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार उनले सटर भाडामा …