अपराध

सुधार केन्द्रभित्रै गयो युवकको ज्यान

बाराको सुधार केन्द्रमा राखिएका एक युवकको कुटपिटबाट ज्यान गएको छ । कलैया उपमहानगरपालिका–१, भवानीपुरस्थित नवजन्म सुधार केन्द्रमा स्थानीय ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिपप्रसाद मण्डलको निधन भएको छ ।  गएराति २ बजे सुधार केन्द्रमा वादविवाद भएपछि उनीमाथि निर्घात कुटपिट भएको बताइन्छ । गम्भीर घाइते उनलाई तत्काल प्रादेशिक अस्पताल कलैया पुर्याइए पनि चिकित्सकले मण्डललाई मृत घोषणा गरिदिएका थिए । घटनामा संलग्न भनिएका नौमध्ये सात जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ …

Page 36 of 263