अपराध

११ वर्षीया बालिकामाथि कर्तुत गर्ने निरोज पक्राउ

भोजपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा पौवादुङ गाउँपालिका–२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राईलाई प्रहरीले समातेको छ ।  गत कात्तिक २२ गते राति ती बालिकालाई करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो दिउँसो समातेको हो ।  यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

Page 58 of 201