अध्यक्षका लागि 'एमाले कलाकार'को आवेदन
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जनले आवेदन दिएका छन् । अन्तिम दिन हिजोसम्म ६ जनाले आवेदन दिएको बोर्डले जनाएको छ ।
बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशकुमार थापाका अनुसार अभिनेत्री करिश्मा मानन्धर, चलचित्र निर्देशक दिनेश डिसी,दिपा पाण्डे बस्नेत,संस्कृतिकर्मी राजेशकुमार थापा,निर्माता अर्जुनकुमार डंगोल र बोर्ड सदस्य प्रकाश भट्टराईले आवेदन दिएका छन् ।
अध्यक्षमा आवेदन हाल्ने अधिकांश सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) …