विवाहमा गाडी सजाउनेहरुमाथि कारबाही
काठमाडौं महानगरपालिकाले सडकपेटीमा सवारीसाधन सजाएकालाई कारबाही गरेको छ । वडा नम्बर १४, कुलेश्वरस्थित फुटपाथमा गाडी राखेर सजाइएको भन्दै महानगरले कारबाहीस्वरुप जरिवाना तिराएको छ ।
स्थानीय सञ्जय कुमारले सडकपेटीमा गाडी राखेर सजाउनुका साथै फोहोर गरेकोले १० हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । यस्तै, वडा नम्बर २७, भोटाहिटीमा रहेको द कोहिनुर बुटिक पनि महानगरको कारबाहीमा परेको छ ।
बुटिकले सडकपेटीमा फोहोरमैला फालेपछि सञ्चालक मोहम्मद चन्दा…