विद्यालयको ढिपीले विद्यार्थीलाई मर्का
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरुले उपमहानगरको निर्देशनलाई अटेर गर्दै आज पनि विद्यालय बन्द गरेका छन् । उपमहानगरले पठनपाठन सुचारु गर्न निर्देशन दिए पनि विद्यालयहरुले मानेनन् ।
‘शिक्षासम्बन्धी ऐन,२०७५’ मा उल्लेखित प्रावधानबमोजिम १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिमा अनिवार्य अध्यापन गराउन भन्दै उपमहानगरले आफ्नो नगर क्षेत्रभित्रको विद्यालयहरुलाई पत्र पठाएको थियो ।
तर, विद्यालय र शिक्षणसँग सम्बद्ध संघ संगठनले रजिष्ट्रेशन श…