सूचना टाँस्दा नआउने प्रहरीको नाममा पूर्जी
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता कर्मचारीको खोजी थालेको छ । बिना जानकारी गैरहाजिर २८ जनालाई प्रहरी प्रधान कार्यालयले सम्पर्कका लागि सूचना निकालेको हो ।
विभिन्न मितिमा बेपत्ता उनीहरुको नाममा पटक-पटक सूचना टाँस गर्दासमेत बेवास्ता भएको जनाउँदै चित्तबुझ्दो स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनिएको छ ।
‘आफूखुशी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी …