एक वर्षपछि नियुक्ति, प्रधानमन्त्रीभन्दा अघि परराष्ट्रमन्त्री
सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राजनीतिक विवादका कारण एक वर्षदेखि रिक्त पदमा आज नियुक्ति भएको हो । तत्कालीन अध्यक्ष रमेश हमालले गत साल पुस २० गते अवकाश पाएपछि बोर्ड नेतृत्वविहीन भएको थियो ।
आजैको बैठकले परराष्ट्रमन्त्री डा. आरजू देउवा राणाको चीन भ्रमण कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ । उहाँले मंसिर १३ गतेदेखि १५ गतेसम्म चीन भ्रमण गर्ने कार्यत…