शेखरलाई समर्थन गर्दै सुशील पछि हटे
मोरङको निर्वाचन क्षेत्र नम्बर–६ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्का चुनावी मैदानबाट पछाडि हटेका छन् । उम्मेदवारी निस्क्रिय बनाएको बताउँदै उनले नेपाली काँग्रेसका उम्मेदवार डा.शेखर कोइरालालाई सघाउने बताएका छन् ।
आफूले उठाएका एजेण्डाप्रति डा. कोइराला गम्भीर बनेकाले पछि हटेको खड्काले स्पष्ट पारेका हुन् । ‘राष्ट्रिय हित, नागरिक अधिका, सामाजिक न्यायका मुद्दा तथा राष्ट्रिय र क्षेत्रिय एजेण्डाउपर दुवै जना संयुक्त हुँदै पूरा गर्ने सहम…