माथिकाले खाए, तलकाले के पाए
केन्द्रीय मन्त्रीहरूले घर, आवास, अंगरक्षक, झण्डा, गाडीसहितको सुविधा लिइरहेका छन् । तलब पनि खाइरहेका छन् । उनीहरूको हकमा तत्काल खासै समस्या रहेन । तर, समयानुकूल थप्नुपर्ने कुरा भने धेरै बाँकी छ । कानुनको अनुसूचीमा हेरफेर गरेर आफ्नालागि सुविधा थप्ने केही अप्ठ्यारो परे, बाधा अड्काउ त तिनले फुकाउलान् तर संविधानले नै मौलिक हकले प्रत्याभूत गरेका अभिभाराको हकमा भने अब के हुन्छ ? दलितलाई घर–जग्गा दिने प्रावधान संविधानमै उल्लेख छ । कागजमा लेखिएर मात्र त दलितको कल्याण हुने ह…