मेनपावर व्यवसायीद्वारा अध्यागमन विभाग घेराउ
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको घटनाको विरोधमा मेनपावर व्यवसायीहरुले अध्यागमन विभाग घेराउ गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले आज कालिकास्थानस्थित विभाग अगाडि प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले विभागका महानिर्देशकको राजीनामा माग्दै चर्को नाराबाजी गरे ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्या…