समाचार

कोटेश्वर क्याम्पसमा अबदेखि विद्यार्थीहरुले ताला नलगाउने

काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थी संघसंगठनहरुले अबदेखि कुनै पनि बहानामा तालाबन्दी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  स्ववियु अध्यक्ष संजय बुढाथोकीको रोहबरमा उनीहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । सहमतिपत्रमा नेविसंघ इकाइ कमिटीका सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियुका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, अखिल क्रान्तिकारी (विप्लव) का संयोजक मिठु टमटा र अनेरास्ववियुका प्रतिनिधि सुशिल दाहालले हस्ताक्षर गरे…

Page 1474 of 2011