थोरै कुरा सोधेकोमा रविका उपसभापति दुःखी
रास्वपा उपसभापति डिपी अर्यालले सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई लामो समय प्रहरी हिरासतमा राखेर थोरै समय बयान लिइएकोमा दुःख व्यक्त गरेका छन् । उनले ‘न्यायपालिकाप्रति आशा छ, भरोसाचाहिं जनताकै हो’ भन्ने शीर्षकमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त धारणा राखेका हुन् ।
आज पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत,कास्कीमा पेश गर्नु अघिल्लो दिन उनले थोरै समय बयान लिइएकोमा रोष प्रकट गरेका छन् । १२५ घण्टा हिरासतमा राखेर जम्मा पाँच घण्टा बयान लिइएको अ…