बदाम उत्पादनमा नगरपालिकाको जोड
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले व्यवसायिक बदाम खेतीमा संलग्न कृषकलाई प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत बजेट कार्यक्रमअन्तर्गत ‘बदाम उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्न लागिएको हो । पालिकाका अनुसार न्यूनतम पाँच मुरी वा सोभन्दा बढी बदाम उत्पादन गर्ने स्थानीय कृषकलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइने छ ।
पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी पाँच सय रुपैयाँका दरले साढे दुई हजा…