नेकपाकाे एकता सन्देश सभा देशभर
विभिन्न १२ वटा घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा आयोजना गर्ने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आज विज्ञप्ति जारी गर्दै कार्यतालिका अनुसार एकता सन्देश सभा आयोजना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
सुदूरपश्चिम (धनगढी)मा मंसिर १२ गते, लुम्बिनी (देउखुरी)मा मंसिर १३ गते, गण्डकी (पोखरा)मा मंसिर १४ गते र कोशी (विराटनगर)मा मंसिर १५ गते एकता सन्देश सभा आयोजना हुने बताइएको छ । त्यस्तै,…