झडपको खतरासँगै पोखरामा निषेधाज्ञा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र सहकारी पीडितबीच झडपको खतरा बढेपछि पोखरामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि शहीद चोक र गैह्रापाटन आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
जसअनुसार शहीद चोकबाट पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्म अनि गैह्रापाट वरपर पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रमा पाँच जन…