ट्राफिक नियम उल्लंघन गर्नेलाई डिजिटल चिट
सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई–चलान) दिन थालेको छ । गृहमन्त्री रमेश लेखकले उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टिभिआरएस) र ई–चलानको शुभारम्भ गर्नुभएको
उहाँले ई–चलानको प्रयोग सम्बन्धमा स्थलगत अवलोकन समेत गर्नुभएको छ । सो प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रुपमा सेवा प्रदान गर्ने गृहमन्त्री लेखकको विश्वास छ । उहाँले प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनका …