मन्त्री पुगेपछि सहसचिवको निर्देशन: जथाभावी नबोल्नू
विश्व जलवायु सम्मेलनमा नेपालको प्रतिनिधि टोलीको नेतृत्व गरेका कृषि तथा पशुपन्छी मन्त्री मदन परियार सम्मेलन सुरु भएको एक सातापछि ब्राजिलको बेलेम पुगेका छन्। नोभेम्बर १० देखि सुरु भएको सम्मेलनमा मन्त्री १५ तारिखका दिन पुगेका हुन्।
सरकारले नौ सदस्यीय प्रतिनिधि मण्डल पठाउने निर्णय गरेपनि बेलेममा एक सयभन्दा बढी नेपाली उपस्थित भएको देखेपछि मन्त्री परियार चकित भएको बताइन्छ । यसबारे मन्त्रालयका सचिवसँग जिज्ञासा राखेपछि मन्त्रीले सहभागी संख्याबारे नेपाल फर्केपछि छलफल गर्ने योजना बना…