बाँसबाट गुजारा गर्ने मौली समुदायलाई समस्यैसमस्या
सुनसरीको दुहबी नगरपालिका–४, बुढीखोलास्थित खोला किनारा छेउ ऐलानी जग्गामा विनोदकुमार मौलीको घर छ । मौली समुदायका विनोदको परिवारले बाँसको सामग्री बेचेर गुजारा गर्दै आएको छ । हिँउदमा उनीहरु बिहानैदेखि बाँसको सामान बनाउन जुट्छन् । सानाठूला ढाकी, भकारी, मान्द्रो, कोनिया, नाङ्लो र कुनिया बनाएर उनीहरुले बेच्ने गरेका छन् ।
त्यसबाट भएको आम्दानीले उनीहरुको जीविको चलिरहेको छ । अफ–सिजनमा उनले बाँसको मुढा बनाएर गाउँगाउँ डुलेर बिक्री गर्छन । नदी किनारमा …