दरबारका तक्माहरु क–कसले पारे दम्पच ?
राजपरिवारको नाममा रहेका करोडौं मूल्य पर्ने सयौं तक्मा अहिले कहाँ र कुन हालतमा होलान् ? सग्लै छन् कि कर्मचारीले मिलेर बेचिसके ? यसबारे सरकारी निकाय नै अनभिज्ञ छ ।
राजदरबारको नाममा रहेका जग्गा नेपाल ट्रष्टले हेर्दै आएको छ । ट्रष्टसँग यी तक्मा र विभूषणका विवरण हुने कुरै भएन । गृह मन्त्रालयमातहत विभुषण शाखा छ, त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार २०६४ सालमा व्यवस्थापिका संसद्ले ऐन बनाएपछि बुझ्न बाँकी २८४ तक्मा मात्र गृहसँग छ । पुरातत्व विभागसँग पनि यी तक्मा छैनन् । त्यसो हो भन…