‘कमरेडहरु हिजो र आज’
‘कमरेडहरु हिजो र आज’ पुस्तक विमोचन गरिएको छ । मालेकालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका दोस्रो पुस्ताका नेकपा एमाले नेता जीवन घिमिरेद्वारा लिखित पुस्तक सभामुख देवराज घिमिरेबाट विमोचन गराइएको छ । भूमिगतकालमा संगत गरेका सक्रिय चार सय जना अगुवाहरुको परिचयसमेत लेखिएको पुस्तक दुई सय पृष्ठमा प्रकाशित छ ।
एमालेको मोरङ जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशको पूर्वसामाजिक विकासमन्त्री घिमिरेले पुस्तकमा वि.सं.२०३६ देखि २०४६ सम्मको पञ्चायत…