ऋण लागेपछि वडाध्यक्ष बेलायत पलायन !
ऋणले थला परेपछि एक जना वडाध्यक्ष विदेश पलायन भएका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ बेलायत पुगेका हुन् ।
गत मंगलबार उनले वडासचिव असलेख कुमार चौधरीलाई कार्यवाहक जिम्मेवारी सुम्पिएकोबारे चिठी तयार पार्न लगाए । तर उनले आफू कहाँ जान लागेको भन्नेबारे पत्रमा खुलाएनन् ।
वैदेशिक भ्रमणमा जाँदैछु भन्ने व्यहोराको चिठी लेख्न लगाएको सचिव चौधरीले जनआस्थालाई जानकारी दिए । ‘वडाध्यक्षज्यूले म वैदेशिक भ्रमणमा जाँद…