खुट्टा लगलग कामेकै हुन् त श्रीमान ?
प्राकृतिक न्यायको सिद्धान्तले भन्छ– ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । तर, न्यायपालिकाको नेतृत्व दलीय राजनीतिको प्रभाव र भागबण्डाको च्याँखे दाउमा पर्दै जाँदा यो सर्वमान्य सिद्धान्त हाम्रै न्यायालयको हकमा भने ठीक उल्टो बनिरहेको छ, धेरै सन्दर्भमा ।
खासगरी संवैधानिक व्याख्यामार्फत छिनोफानो गरिनुपर्ने राजनीतिक प्रकृतिका मुद्दामा श्रीमानहरूले खुट्टो टेक्न नसक्दा वर्षौंसम्म त्यसै थन्किने गरेको थुप्रै उदाहरण छ । जसमध्येको एक हो– केपी ओली प्रधानमन्त्री हुँदा गरिएको …