कीर्तिपुर धाउनेमा राजेश हमाल अगाडि, स्वस्तीमा र रचना पनि दिनभर उतै
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)ले खेल प्रेमीहरुमा मात्रै होइन, कलाकारमा समेत उत्साह ल्याएको छ । विभिन्न कलाकारहरु यतिबेला आफ्नो व्यस्ततालाई थाँती राख्दै मनपर्ने टिमलाई समर्थन गर्न कीर्तिपुर पुग्ने गरेका छन् ।
दिनहुँझैँ मैदानमा पुगेर क्रिकेट खेल हेर्नेको अग्रपंक्तिमा छन्, महानायक राजेश हमाल । उनी लुम्बिनी लायन्सको ब्राण्ड एम्बेस्डर पनि हुन् । लुम्बिनीको खेल हुने दिनबाहेक पनि टियु मैदानमा पुगेर रमाइरहेका देखिन्छन् । विडम्बना राजेशको …