मौका छोपेर अर्बौंको मस्ती
चुनावको मुख पारेर सेनाभित्र ठूलो मात्रामा खरिद हुन लागेको छ । हातहतियार, बिस्फोटक पदार्थ, जहाज खरिदमा प्रधानमन्त्री शेरबहादुर देउवाका मान्छे सल्बलाएको प्रष्टै देख्न सकिन्छ । यसबीच लोकमानको बलमा भिभिआईपीहरूले प्रयोग गर्ने हेलिकोप्टर ल्याउन खोजेका सम्धी रोहिणी थपलियाले अन्ततः सो काममा सफलता हात पारिछाडेका छन् ।
यसबेला अनेकौं दलाल सक्रिय बनेसँगै इटालीको अगुष्टा, वेष्टल्याण्डबाट एडब्लु–१३९ हेलिकोप्टर ल्याउने सबै परिपञ्च मिलाइएको छ । उता, सन् २००४ मा नै ४.१ मिलियन डलरको दरल…