मधेसबाट एमालेले यसरी तान्दैछ मत
‘तपाईंहरु काठमाडौंमा गुच्चा खेलेर बस्ने होइन, दुई नम्बर प्रदेशतिर केन्द्रित हुनुहोस्’ भनेर पार्टी अध्यक्ष केपी ओली कैलाश पर्वततिर लागेपछि एमाले नेतृत्व मधेसको मन र मत कसरी जित्ने ? कहाँ, कस्तो अवस्था छ ? भन्दै लेखाजोखामा लागेको छ ।
ओलीले २ नम्बर प्रदेशबाट कम्तीमा ५० सिट जित्नैपर्ने निर्देशन दिएसँगै सोहीअनुसारको रणनीति निर्माणमा एमाले पंक्ति लागेको स्रोतको भनाई छ । अहिले एमाले नेताहरु तराई झरेर नाफा–नोक्सानको हिसाव निकाल्न थालेका छन् । ०४६ सालको भदौ १४ देख…