धरौटीमा छुट्न आदेश पाएका दुर्गा प्रसाईं अपराधिक विश्वास घातमा नछुट्ने
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले आज प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका उनीमाथि प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार र लिखित किर्तेको मुद्दामा अनुसन्धान थालेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अपर…