जिबीलाई ल्याउने पत्र कता अड्कियो ?
रवि लामिछानेविरुद्ध फेला परेका पछिल्ला प्रमाण सार्वजनिक हुँदै गएपछि आममानिसले भन्न थालेका छन्, ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि पानीको फोकाझैँ हुने भयो ।’ हुन पनि जसरी उकालो लाग्यो त्यसरी नै ओरालो झर्नुपर्छ भन्ने बूढापाकाको उक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको जीवनमा चरितार्थ भएको छ । उनले नेपाली समाजमा हाइहाइका दिन देखे । आममानिसको दुःख, पीडा र भरोशाको साथी बने, एक पत्रकारको भेषमा । तर, ‘त्यसै बेला उनी धेरैका लागि पीडक र आफ्ना सहकर्मी…