रविलाई काठमाडौं ल्याइनुअघि माइतीघरमा जुलुस
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता सडकमा ओर्लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका आज बयानका लागि काठमाडौँ ल्याउन लागिएपछि समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । सो पार्टीका नेता तथा कार्यकर्ताहरू अहिले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।
सरकारले राजनीतिक प्रतिशोध साध्न आफ्ना सभापतिलाई झूठा मुद्दामा फसाउन खोजेको उनीहरुको आरोप छ । केन्द्रीय सदस्य ज्वाला संग्रौल…