अर्को हप्तादेखि आउने राष्ट्रपति कस्ता होलान् ?
भोलि बिहीवार नेपालले व्यक्तिका रूपमा तेस्रो र कार्यकालका हिसाबले चौथो राष्ट्रपति पाउँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १४ वर्षमा २ राष्ट्रपतिले ३ कार्यकाल पूरा गरिसकेका छन्् । ‘सेरेमोनियल’ मानिएको राष्ट्रपतिले आफ्नो कार्यकालमा संविधानभन्दा बाहिर गएर कार्यकारीसरह अभ्यास गर्दा यो संस्था आलोचित भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएपछि विद्यादेवी भण्डारी पहिलोपटक २०७२ कात्तिक ११ गते दोस्रो राष्ट्रपतिको रूपमा निर्वाचित भइन् । २०७४ को निर्वाचनपछि तत्कालीन एमाले र…