लैङ्गिक हिंसाविरुद्धको कार्यक्रममा महिला सदस्यद्वारा बबाल
राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको कार्यक्रममा महिला सदस्यको स्वागत मन्तव्यले मन्त्रीको अनुहार एकाएक रातोपिरो भयो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा उक्त अवस्था आइपरेको हो ।
आयोगले राजधानीमा आयोजना गरेको कार्यक्रम बिहान ११ बजेदेखि प्रारम्भ हुने भनिएपनि १२ बजेर २० मीनेटमा शुरु भयो । अभियानको उद्घाटन सत्र भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीलाई प्रमुख अतिथिक…