चीनबाट एक खर्ब ल्याउने कहिले ?
अन्तर्राष्ट्रिय सम्बन्ध सन्चालनमा कस्तो नीति हुने भन्ने कुरा हरेक देशको आफ्नै विशिष्टतामा आधारित हुन्छ । नेपालले पञ्चशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । कुनै पनि शक्ति राष्ट्रको कित्तामा सहभागी नभई स्वतन्त्र र सन्तुलित रुपमा बैदेशिक सम्बन्ध सन्चालन गर्नु यसको मूल विशेषता हो ।
नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति पछिल्लो समय व्यवहारत: पुष्टि भैरहेको छैन । परराष्ट्र मामिलाजस्तो संवेदनशील विषयमा दलहरुले बैचारिक पक्षधरताका आधा…