बेलायतमा नेपालीद्वारा पत्नीमाथि बबाल
अघिल्लो हप्ता बेलायती प्रधानमन्त्री टेरेसा मेले भनिन्, घरेलु हिंसा अन्त्य गर्न नयाँ कानुन लागू गर्दैछु । ५० वर्षअघि ब्रिटिश पुलिस यदि कुनै श्रीमान्ले श्रीमतीलाई पिट्यो भने त्यो घरेलु विषय भनेर त्यसमा प्रवेश गर्दैनथ्यो ।
तर, सन् १९७० देखि पूर्णतया परिवर्तन आयो र अहिले संयुक्त अधिराज्यमा यसलाई एक गम्भीर अपराध मानिन्छ । जसमा ८० प्रतिशत हिंसाको शिकार महिला हुने गरेका छन् । बेलायती न्यायप्रणालीले घरेलु हिंसालाई यति महत्वका साथ लिएको छ कि यदि पीडितले कानुनी उपचारको खोजी गरेन तर तथ्य र…