नक्कली शरणार्थी प्रकरणमा समातिएका सबैलाई पर्सिसम्म हिरासतमा राखिने
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले पर्सि मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको बताइएको छ ।
हालसम्म १६ जना पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काँग्रेसका पूर्वसांसद आङटावा शेर्पालगायत १६ जना प्रह…