चिनियाँ राष्ट्रपतिलाई पुनः नेपाल ल्याउन बल गरिने
मित्रराष्ट्र चीनका लागि नवनियुक्त राजदूत प्रा.डा. कृष्णप्रसाद ओली बेइजिङ जानुभएको छ । उहाँ एअर चाइनाको उडान नम्बर सीए ४३८ मा आज साँझ पौने ६ बजे काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छन्तुको तिआनफु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बेइजिङका लागि प्रस्थान गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आइतबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
गत भदौ १६ गतेको संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूत ओल…