प्रधानमन्त्री र बालेनले झोसेको आगोमा अर्कैको रोटी
मान्छेका रहर पनि अनेकौं हुने !, दुई जनाबीचको जुहारीले पाएको चर्चा देखेर कसैलाई लाग्दो रहेछ– मसँग पनि कसैले जुहारी खेलोस्, मेरो पनि चर्चा होस् ।
कसलाई लाग्छ होला यस्तो ? उनीहरुलाई चिन्नुभन्दा पहिले यहाँ जुहारी खेल्न लालायित बनाउने प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिका मेयर बालेन साहको प्रसंग जोड्नुपर्ने हुन्छ ।
दुइवटा सरकारका प्रमुखबीच पछिल्लो समय बागमती करिडोरको विषयमा अदालतले गरेको निर्णयलाई लिएर विवाद चलिरहेको छ । सर्वोच्च अदालत…