ओलीले दुई वर्ष नपुग्दै देउवालाई सत्ता बुझाउने
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपाली काँग्रेससँग भएको आलोपालो सहमति अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरुलाई निर्देशन दिन आयोजित कार्यक्रममा उहाँले दुई वर्ष पुग्नु एक हप्ता अगाडि राजीनामा दिने बताउनुभएको छ । ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साताअघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै द्विविधा हुँदैन !’, ओलीले भन्नुभयो ।
…