बालकोटको नयाँ गीत
एलिना चौहानको ‘धोकेबाज’ वाला गीत फेरि पपुलर हुने भएछ । किनभने यो गीतलाई अब एमालेले देशभरि लानेवाला छ । कस्तो एमालेलाई ठ्याक्क मिल्ने गरी बनाएको गीत रहेछ । अस्तिसम्म एलिना चौहानले मात्रै गाउने यो गीत अब केपी ओलीले पनि गाउने भएछ । ओलीले गाएपछि एमालेका सबै कार्यकर्ताले गाउनेछ ।
एमालेका सबै कार्यकर्ताले गाएपछि यो देशकै राष्ट्रिय गान बन्न पनि बेर छैन । कार्टुनमा, लेख रचनामा ओलीले यही गीत गाइरहेको त आइसकेको छ । अब सायद बालकोटमा हरेक दिन बिहान–बि…