चितवन २ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २६ बमोजिम उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ ।
सार्वजनिक गरिएको सूचीमा उम्मेदवारी दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम कायम गरिएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी, नेकपा एकीकृत समाजव…