राष्ट्रपतिका उम्मेदवारलाई आचारसंहिता लाग्ने, चुनावी खर्चको सीमा तोकियो
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका उम्मेदवारको चुनावी खर्चको सीमा निर्धारण गरेको छ । आयोगले उम्मेदवारले अधिकतम चार लाख रुपैयाँ खर्च गर्न पाउनेगरी सीमा तोकेको हो ।
फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यस्तै, सवारी साधनमा एक लाख, इन्धनमा २० हजार, प्रचारप्रसार सामग्रीमा २० हजार, ढुवानीमा १५ हजार रुपैयाँसम्म खर्च गर्न सकिने आयोगले जनाएको छ । गोष्ठ…