राष्ट्रपतिमा भोट माग्दै हिँडेको एमाले टोली धुम्बाराही पुग्यो
राष्ट्रपतिमा आफ्ना उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई भोट माग्दै हिँडेको नेकपा एमालेको टोली दिउँसो राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुुगेको छ । आज बिहान आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी र बसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालय पुगेको उक्त टोली केहीबेरअघि राप्रपा कार्यालय पुगेर भोट मागेको छ ।
एमाले टोलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्षद्वय रविन्द्र मिश्र र बुद्विमान तामाङले कुराकानी गरेका छन् । एमाले टोलीमा उप…