विदेशी नागरिकता लिएकाको नेपाली नागरिकता खारेज नगर्न एनआरएनएको माग
गैरआवासीय नेपाली संघ (एनआरएनए), युकेले वंशजको आधारमा दिइने नेपाली नागरिकताको हैसियतलाई निरन्तरता दिन आग्रह गरेको छ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्दै भूतपूर्व गोर्खा मुद्दा, वंशजको नेपाली नागरिकताको निरन्तरता, संघको विवादलगायत विषयमा जानकारी गराएका हुन् ।
सो क्रममा अध्यक्ष गाहामगरले मातृभूमि छाडेर विदेश जान बाध्य नेपालीहरुलाई सँधैका लागि नेपाली नै रहिरहन दिनको निम्ति नेपालको नागरिकता ऐन, २०६…