पैसाको प्रलय छ बालेनका पालामा
कराउनेको मुखमा पैसाको बुझो लागेपछि केसम्म हुँदोरहेछ भन्ने कुरा देशको राजधानी काठमाडौं महानगरमै छर्लङ्ग छ । महानगरपालिकाले २९ औं दिवश मनाउने क्रममा गरेका अनेकौं खर्चको शीर्षकभित्र एउटा रमाइलो शीर्षक भेटिन्छ, ‘सरसफाई’ को । सडक र विभिन्न भौतिक संरचनामा झार उम्रिएर राजधानीको रुप बिग्रिएको भन्दै महानगर दिवसको पूर्वसन्ध्यामा झार उखेल्ने कामलाई उक्त शीर्षकभित्र समेटियो । प्रत्येक वडालाई १ लाख ५० हजार रुपैयाँका दरले बजेट पठाइयो । तर झार उखेलेको खासै देखिएन । …