प्रधानमन्त्रीविरुद्धको मुद्दा अझै कति तन्काउने ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको अवहेलना मुद्दामा सात वर्ष बितिसक्दा पनि सर्वोच्च अदालतबाट टुंगो लागेको छैन । फैसलामा ढिलाइका कारण मुद्दा नै ‘आइस’ बन्न पुगेको छ ।
मुद्दा दर्ता भएको ७ वर्ष २ महिनापछि पहिलोपल्ट गत असोज ७ गते संयुक्त इजलासमा सुनुवाइ भएको थियो । ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा कानुन व्यवसायीले सुनुवाइ सकेर त्यतिखेरै सबै प्रक्रिया पूरा भइसकेको हो । यही इजलासले नै निर्णय सुनाउनुपर्ने बाध्यता छ । ढिलो न्याय पनि…